२२ बैशाख २०८१, शनिबार
Follow Us

१२८१ जना कोरोना संक्रमित थपिए, थप ८ जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
६ बैशाख २०७८, सोमबार १२:१९

काठमाडौ । पछिल्लो २४ घण्टामा नेपालमा थप १२ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ५४८ जनामा कोरोना परीक्षण गर्दा १२८१ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा काठमाडौँमा मात्रै ५०५, ललितपुरमा ९७ र भक्तपुरमा ३२ जनामा संक्रमण पुष्टि भएको छ ।योसँगै देशभर कोरोना संक्रमितको कूल संख्या २८५९०० पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ८ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । योसँगै हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ९१ जना पुगेको छ । पछिल्लो २४ घण्टामा २५५ जना निको भएका छन् । योसँगै देशभर कोरोना संक्रमणबाट निको हुनेको संख्या २७५५५५ पुगेको छ ।