२८ बैशाख २०८१, शुक्रबार
Follow Us

अमेरीकाको मेरिल्याण्ड राज्यमा गोली चल्दा एक नेपालीको मृत्यु

नेपालब्रिटेन डट कम्
२६ बैशाख २०७८, आईतवार ०५:२१

लण्डन । अमेरीकाको मेरिल्याण्ड राज्यमा गोली चल्दा एक नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ अमेरिकाका उपाध्यक्ष कृष्णजीबी पन्तका अनुसार
शनिवार बिहान मेरिल्याण्ड राज्य स्थित बाल्टिमोर काउन्टीको उडल्याण्ड क्षेत्रमा भएको घटनामा ती नेपालीको ज्यान गएको हो ।

गोली काण्डमा परी घाइते अर्का नेपाली घाइते भएका छन् । उनको हाल स्थानीय अस्पतालमा उपचार भईरहेको छ ।

उक्त घटनामा परी ज्यान गुमाउनु हुनेप्रती गैरआवासीय नेपाली संघ अमेरिकाले हार्दिक श्रदान्जली अपर्ण गर्दे र घटनामा घाईतेको शिघ्र स्वास्थलाभको कामना गरेको छ ।