१५ बैशाख २०८१, शनिबार
Follow Us

जनसम्पर्क समिति वेलायतको अधिवेशनको मिति तोकिएको छैन् : सभापति गुरुङ्ग

नेपालब्रिटेन डट कम्
२९ बैशाख २०७८, बुधबार २२:०१

लण्डन । नेपाली जनसम्पर्क समिति (एपीसीसी) वेलायतभित्र अधिवेशनको विषयलाई लिएर विवाद उत्पन्न भएको छ ।

कोरोना संक्रमणका कारण परिवार सहित आइसोलेसमा परेका सभापति युबराज गुरुङलाई छलेर कार्यवाहक सभापति महेश दाहाल समूहले आगामी जुलाई महिनामा अधिवेशन गर्ने घोषणा गरे पछि समिति विवादमा परेको हो ।

गत हप्ता सम्पन्न समितिको बैठकले जुलाई १७ शनिवारको दिन अधिवेशन गर्ने निर्णय गरेको दावी गरिएको थियो ।

सभापति गुरुङ्गले आफु कोरोना संक्रमणका कारणले अक्सिजन लिएर बसेको मौका छोपेर महाधिवेशन घोषणा गरिनुलाई अमानविय निर्णय भनेका छन् ।

कार्यवाहक सभापतिले ‘डे टु टे’ काम चलाउने हो, महाधिवेशन तोक्ने अधिकार दिइएको छैन् यो पूर्णरुपमा षड्यन्त्रकारी र विधान विपरित निर्णय हो मान्ने कुरै आउदैन् सभापति गुरुङ्गले बुधवार नेपालब्रिटेन डट कमलाई भने ।

बैठकमा सल्लाकार शेर सुनारले सभापतिलाई बाईपास गरी कुनै गम्भीर निर्णय नलिन सुझाव दिएका थिए ।

सभापतिलाईनै थाह नदिई घोषणा गरिएको महाधिवेशन गर्न नसकिने नेपाली जनसम्पर्क समिति बेलायत उपसभापती सुवास चन्द्र पोखरेलले बताए ।

सभापति गुरुङ्गले कार्यवाहक सभापति महेश दाहालको अध्यक्षतामा गठित सबै उपसमिति समेत खरेज हुने जानकारी दिए । गुरुङ्गले अहिले नेपाली कांग्रेसले क्रियाशिल सदस्यता वितरण गर्न मात्र अधिकार दिएको तर अधिवेशनको मिति पछि पार्टीले तोके बमोजिम हुने बताए ।

यसैबीच दाहाल समूहद्धारा गठित क्रियाशिल सदस्यता छानविन समितिका संयोजक विनोद मोक्तानले सो समितिमा बस्न अस्वीकार गरेका छन् ।

सभापति गुरुङ्ग अहिले नेपालमा आफ्नै घरमा अक्सिजन लिएर कोरोना संक्रमणसंग लडि रहेका छन् भने उनकी श्रीमति अस्पतालमा आइसीयूमा छन् । उनी विगत केही महिना देखि पार्टी कामको सिलसिलामा नेपालमा बस्दै आएका छन् ।