७ जेष्ठ २०८१, सोमबार
Follow Us

बेइजिङबाट थप ९७५ अक्सिजन सिलिण्डर काठमाडौँ ल्याइयाे

नेपालब्रिटेन संवाददाता
३ जेष्ठ २०७८, सोमबार १३:०२

काठमाडौँ । नेपाल वायुसेवा निमगको वाइडबडी जहाजले आइतबार र सोमबार थप ९७५ वटा अक्सिजन सिलिण्डर चीनको राजधानी बेइजिङबाट काठमाडौं ल्याएको छ ।

योसँगै अब चीनबाट कुल १३७५ वटा सिलिण्डर नेपाल आएका छन् । यी उडानाबाट कुल १५७ थान अक्सिजन कन्सनट्रेटर समेत नेपाल आएको छ । नेपाल वायुसेवा निगमको जहाज आज र भोलि बेइजिङ जाँदैछन् । ती दुई उडानबाट समेत थप सिलिण्डर नेपाल ल्याइने भएकाे छ ।

नेपाल एयरलाइन्सले चीन सरकारले अनुदानमा दिएका सिलिण्डरहरु नेपाल ल्याइरहेको छ ।