४ जेष्ठ २०८१, शुक्रबार
Follow Us

थप १२ नेतामाथि कारवाही गर्न एमाले स्थायी कमिटी बैठक बस्दै

नेपालब्रिटेन संवाददाता
१६ जेष्ठ २०७८, आईतवार ०९:२८

काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । बैठक आज साँझ ५ बजे बस्ने भएको छ । प्रधानमन्त्री निवासमा समसामयिक राजनीतिक विषयमा छलफल गर्न भन्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठक बोलाएका हुन् ।

बैठकले पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै थप निर्णय लिने कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।

यसअघि एमालेले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने सुरेन्द्र पाण्डे, घनश्याम भुसालसहित १२ सांसदलाई स्पष्टीकरण सोधिसकेको छ । ती नेताहरुले अहिलेसम्म स्पष्टीकरण दिएका छैनन् । आजको बैठकले उनीहरुलाई कारबाही गर्ने बुझिएको छ ।

यसअघि माधव नेपाल, झलनाथ खनाल र भीम रावलसहित ११ जनालाई पार्टीबाट निष्कासन गरिसकेको छ ।