११ भाद्र २०८२, बुधबार
Follow Us

एनआरएनए यूके निर्वाचनः वार्ता समिति गठनमै मिडल्याण्डमा भाँडभैलो

नेपालब्रिटेन डट कम्
१० असार २०७८, बिहीबार १८:४५

साझाका ७ मध्ये ४ वटा संस्थाले समिति बहिस्कार गर्ने

लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको आगामी अधिवेशनमा उम्मेदवार छान्न र वार्ताको लागि गठित एक समिति विषयलाई लिएर वेलायतस्थित मिडल्याण्डवासी नेपालीबीच भाँडभौलो सुरु भएको छ ।

साझा नेपाली समाज यूकेको आयोजनामा बुधवार जूम मार्फत भएको बैठकमा एनआरएनए यूके प्रतिनिधि छनोट समिति, साझाको कार्यसमिति र मिडल्याण्डबाट एनआरएन यूकेको निर्वाचनका आकांक्षी प्रतिनिधिहरु सहितको बैठकले एक पक्षीय रुपमा समिति घोषणा गरे पछि विवाद सुरु भएको हो ।

बैठकमा सहभागी मध्ये एक जनाले दिएको जानकारी अनुसार सुरुमा उपाध्यक्षका उम्मेदवार पवन शर्मालाई समितिबाट बाहिर राख्ने प्रयास गरिएको थियो । बांकी पिटरवरो, लेस्टर, ग्रामथाम, हाम्रो नेपाली समाजको समेत प्रतिनिधित्व हुन पर्छ भन्ने माग उठे पछि जुम बैठक बीचैमा काटिएको थियो ।

बैठकमा महासचिव राम पन्थि, दीपक सापकोटालको मिलोमोतोमा साझा नेपाली समाज यूकेका कृष्ण शर्मा सापकोटा, एनआरएनए आईसीसी सदस्य दयानिधि सापकोटा, आईसीसी मानार्थ सदस्य रण बहादुर केसी, एनआरएनए यूके सचिव कोशलेश्वर ढकाल, एनआरएनए यूके इंग्ल्याण्ड राज्य समन्वय परिषद सचिव गोबिन्द शर्मा खरेल, एनआरएनए यूके पूर्व सदस्य पवन शर्मा रहेको समिति गठन भएको घोषण गरिएको थियो ।

मिडल्याण्डस्थित ७ वटा संस्था मिलेर गठन भएको साझा नेपाली समाजलाई विभाजना गर्ने उदेश्यले समाजका केही अगुवाहरुले सकृयतामा सो समिति गठन गरिएको थियो । स्रोतका अनुसार एक दिन अघि तयार पारिएको सो समितिका बारेमा साझाका अध्यक्ष कृष्ण शर्मा सापकोटा समेत अनविज्ञ थिए ।

सो समितिलाई पिटरवारो नेपाली समाज, ग्रामथाम नेपाली समाज, सृजनसिल लेस्टर नेपाली समाज र हाम्रो नेपाली समाजले बहिस्कार गर्ने भएका छन् ।

गैरआवासीय नेपाली संघ यूकेको निर्वाचन जुलाईको अन्तिम साता हुदैंछ । सो निर्वाचनमा माग लिन ११ हजार ४ सय जनाले सदस्यता लिएका छन् । अध्यक्ष पदको लागि रोजिना प्रधान राई, दिपक श्रेष्ठ र प्रेम गाहामगरले उम्मेदवारी घोषणा गरेका छन् ।

धेरै पढिएको