२७ बैशाख २०८१, बिहीबार
Follow Us

अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पद्धारा फेसबुक, गुगल र ट्वीटरविरुद्ध रिट दर्ता

नेपालब्रिटेन संवाददाता
२४ असार २०७८, बिहीबार १३:३३

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल फेसबुक, गुगल र ट्वीटरविरुद्ध रिट दर्ता गरेका छन् । मियामीस्थित जिल्ला अदालतमा ट्रम्पले फेसबुक, गुगल र ट्वीटरले आफ्नो स्वतन्त्रताको हकमा प्रतिबन्ध लगाएको भन्दै रिट दर्ता गरेका हुन् । रिटमा फेसबुकका संस्थापक मार्क जुकरबर्ग, ट्वीटरका जैक डोर्सी र गुगलका संस्थापक सुन्दर पिचईलाइ हदैसम्मको कारबाहीको माग गरिएको छ ।

मुद्दाको फैसला आफनो पक्षमा आउने दाबी गर्दै ट्रम्पले मुद्दाले अमेरिकी इतिहासमा फ्रिडम अप स्पीचको जित हुने विश्वास व्यक्त गरेका छन् । यी तीनवटा सामाजिक सञ्जालहरुले ट्रम्पको एकाउन्टमाथि प्रतिबन्ध लगाएको थियो ।

गत जनवरी ६ मा अमेरिकाको राजधानी वासिङ्टन डिसीस्थित संसद् भवनमा भएको हिंसात्मक झडप भड्काउने किसिमका अभिव्यक्ति दिएको भन्दै फेसबुक, ट्वीटर र युट्युबले ट्रम्पको एकाउन्टमा अस्थायी र स्थायी प्रतिबन्ध लगाएका थिए ।