ताजा खबर
नियुक्तिको भाषा सच्चिएपछि देउवाले लिए सपथ
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले नियुक्तिको भाषा सच्चिएपछि सपथ लिएका छन् । राष्ट्रपति भवन सितल निवासमा सपथ लिएका हुन् । साँझ ६ बजेका लागि तय भएको सपथ राति ८ बजेपछि बल्ल सपथ ग्रहण भएको हो ।
राष्ट्रपति कार्यालयले सर्वोच्च अदालतको परमादेश अनुसार शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेको विज्ञप्ति जारी गरेको थियो । संविधानको कुनै पनि धारा नटेकी विज्ञप्ति आएपछि विवाद भएको थियो । सर्वोच्च अदालतको फैसलापछि नेपालको संविधानको धारा ७६(५) अनुसार कांग्रेस संसदीय दलका नेता देउवा प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।

