१६ जेष्ठ २०८१, बुधबार
Follow Us

जयसिंह धामी बेपत्ता छानबिन समितिले काम थाल्यो

नेपालब्रिटेन डट कम्
२० श्रावण २०७८, बुधबार १४:२४

दार्चुला । दार्चुलाका जयसिंह धामी बेपत्ता भएको घटनाबारे अध्ययन गर्न गठित छानबिन समितिले आफ्नो काम सुरु गरेको छ । मङ्गलबार दार्चुला पुगेको समितिले हिजै साँझ जिल्लास्थित सुरक्षा निकाय र घटनास्थलमा खटिएको सुरक्षाकर्मीसँग छलफल गरेको हो ।

साउन १५ गते गाउँबाट सदरमुकाम खलङ्गा आउने क्रममा भारतीय भूमि प्रवेश गर्न लागेको बेलामा एसएसबीले तुइन फुकालिदिँदा धामी बेपत्ता भएको स्थानीयवासीको भनाइ छ । यद्यपि भारतीय प्रशासनले भने एसएसबीले तुइन नकाटेको दाबी गर्दै आएको छ ।

घटनाका सम्बन्धमा छानबीन गर्न गठित समितिले बुधबार जिल्लास्थित पत्रकार, मानवअधिकारकर्मी, राजनीतिक दल, जनप्रतिनिधि र प्रत्यक्षदर्शीसँग छलफल गर्ने कार्यक्रम तय गरिएको छ । टोलीलाई १० दिनभित्र छानबिन प्रतिवेदन बुझाउन समय दिइएको छ ।