२० भाद्र २०८२, शुक्रबार
Follow Us

८८ वर्षीय वृद्धमाथि खुकुरी प्रहार गर्ने बाबुकाजी पक्राउ

नेपालब्रिटेन संवाददाता
२६ बैशाख २०८२, शुक्रबार ०२:०८

काठमाडौं । धादिङको नीलकण्ठ नगरपालिका–९ नियालपानीमा ८८ वर्षीय जगनाथ लम्सालमाथि खुकुरी प्रहार भएको छ । प्रहरीका अनुसार उनलाई सोही स्थानका करिब ६२ वर्षीय बाबुकाजी लम्सालले आक्रमण गरेका हुन् ।

अनुहारमा चोट लागेका जगनाथलाई सुरुमा धादिङबेंसीस्थित अस्पताल लगिएको थियो । अवस्था गम्भीर भएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौंको शिक्षण अस्पताल सारिएको छ ।

प्रहरीले बाबुकाजीलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ । आक्रमणको कारण भने अझै खुलेको छैन ।

धेरै पढिएको