२ जेष्ठ २०८१, बुधबार
Follow Us

प्रदिपले ल्याए ‘खै त तिम्रो बुट्टे सारी’

नेपालब्रिटेन संवाददाता
३२ श्रावण २०७८, सोमबार ०४:४०

काठमाडौँ । गायक प्रदिप लामाले आफ्नो बिल्कुलै नयाँ गीत ‘खै त तिम्रो बुट्टे सारी’को म्युजिक भिडियो सार्वजनिक गरेका छन् । लोक सेलोमा आधारित यस गीतमा हस्त लामा ( हार्दिक ) को शब्द, संगीत रहेको छ । युवा प्रेम र आकर्षणलाई रमाइलो तरिका बाट व्यक्त गरिएको यस गीतलाई जोगलाल लामाले संगीत संयोजन गरेका हुन् ।

म्युजिक भिडियोमा चर्चित ग्रुप भीमफेदी गाइज र नायिका सुमी मोक्तान फिचर्ड छन् । सूर्य लामाले छायांकन र सम्पादन गरेको यस भिडियोलाई निर्मल कुमार लामा ( बिजी )को निर्देशनमा तयार पारिएको हो । गायक लामाको आधिकारिक च्यानल ’प्रदिप लामा अपिÞmसिएल’ मार्फत सार्वजनिक गरिएको हो ।

विगत ८ वर्ष देखि नेपाली संगीतमा सक्रिय गायक लामाले यसअघि २ वटा गीतिसंग्रह सार्वजनिक गरिसकेका छन्। ’मोहनी लाईदिउकि’, ’मायाले बोलाको’, ’हेलम्बु माथी’, ’मायालुले’, लगायतका गीतहरु स्रोता माझ लोकप्रिय छन् । गायक लामाले नेपाली बाहेक, टिबेटिन, तामाङ, ह्योल्मो, भाषामा पनि गीत सार्वजनिक गरिसकेका छन् । .