४ मंसिर २०८२, बिहीबार
Follow Us

नेप्सेमा झिनो गिरावट

नेपालब्रिटेन संवाददाता
४ मंसिर २०८२, बिहीबार १२:५२

काठमाडौँ । बिहीबार सेयर बजारको परिसूचक नेप्सेमा झिनो गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा आज नेप्से जम्मा ०.९३ अंक घटेको छ ।

सो कमीपछि नेप्से २५६० अंकमा झरेको छ । नेप्से घटे पनि कारोबार रकम बढेको छ । अघिल्लो दिन जम्मा ३ अर्ब ७७ करोडको कारोबार भएकोमा आज ४ अर्ब ६८ करोडको भयो । दिनभर बजारको उतारचढाव सामान्य रह्यो ।

११२ कम्पनीको मूल्य बढ्दा १३८ को घट्यो भने ६ को स्थिर रह्यो । होटेल तथा पर्यटन समूह सबैभन्दा धेरै १.१६ प्रतिशत बढ्यो ।

जेन जेड आन्दोलनपछि होटेल तथा पर्यटन समूह सबैभन्दा धेरै प्रभावित हुने अनुमान गरिएको थियो । सोअनुसार होटेल तथा पर्यटन सेक्टरका सबैजसो कम्पनीको मूल्य उच्च दरले घटेको थियो ।

यद्यपि पर्यटन सिजन सुरु हुँदा केहीबाहेक अधिकांशमा त्यसको असर देखिएको छैन । जसले गर्दा लगानीकर्ता यस सेक्टरमा अहिले आकर्षित देखिएका छन् ।

धेरै पढिएको