४ मंसिर २०८२, बिहीबार
Follow Us

अमेरिकाबाट ३५ नेपाली डिपोर्ट, विद्यार्थी भिसाका पनि फर्काइए

नेपालब्रिटेन संवाददाता
४ मंसिर २०८२, बिहीबार १२:५०

काठमाडौं । अमेरिकाबाट ३५ नेपाली डिपोर्ट भएर आज काठमाडौं आइपुगेका । डिपोर्ट भएर आएका अधिकांशजसो तल्लो बाटोबाट गएकाहरू रहेको बताइएको छ ।

एक जना भने विद्यार्थी भिसामा गएका व्यक्ति समेत रहेको मानव बेचबिखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण पंगेनीले जानकारी दिएका छन । ती विद्यार्थी कलेजमा रिन्यू (नवीकरण) नगरी भिसा विपरित काम गरेको पाइएपछि फर्काइएको पाइएको पंगेनीले बताए ।

अर्का एक जना भने भिजिट भिसामा गएर काम गर्न थालेपछि पक्राउ परेर डिपोर्ट भएको पाइएको पंगेनीले जानकारी दिए । बाँकी ३३ जना भने अवैध तरिकाले तल्लोबाट अमेरिका पुगेकाहरू छन् ।

यसरी जानेहरुले ८० लाख रुपैयाँसम्म तिरेको पाइएको छ । विभिन्न देश हुँदै अवैध तरिकाले छिरेको २ वर्षपछि पनि अमेरिकाले डिपोर्ट गरेको छ । फर्काइएकाहरू अधिकांशजसो रुकमरदाङतिरका रहेकाले प्रहरीले बताएको छ । यसरी फर्काइएकाहरूले जाहेरी दिने भने मानेका छैनन् ।

अमेरिकी राष्ट्रपति निर्वाचित भएलगत्तै डोनाल्ड ट्रम्पले अमेरिकामा अवैध आप्रवासीहरूप्रति कडा नीति लिएका थिए । जसअनुसार उनले अवैध रूपमा अमेरिका रहेका आप्रवासीहरूलाई फिर्ता गर्ने अभियान सुरु गरे ।

धेरै पढिएको