४ असार २०८१, सोमबार
Follow Us

चन्द्रागिरि रिसोर्टबाटै माधव समूह निर्वाचन आयोग जाने

नेपालब्रिटेन संवाददाता
७ भाद्र २०७८, सोमबार १२:५३

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) का सय नेता तथा सांसदका लागि चन्द्रागिरी हिल्स रिर्सोट बुकिङ भएको छ । नेता माधवकुमार नेपाल सोमबार साँझ चन्द्रागिरिस्थित चन्द्रागिरि हिल्स रिसोर्टमा पुगेका छन्। नेता नेपाल आज रिसोर्टमै बस्नेछन्।

निर्वाचन आयोगले नेपाल नेतृत्वको नयाँ पार्टी दर्ताका लागि सनाखत गर्न बुधबार बोलाएको छ। दुई दिनअघि नेता नेपाल आफूनिकट सांसद र केन्द्रीय सदस्यलाई लिएर चन्द्रागिरि रिसोर्टमा पुगेका हुन्।

नयाँ पार्टी दर्ताका लागि समर्थन गरेका केन्द्रीय सदस्य सांसदहरूको बैठकका लागि नेता नेपाल चन्द्रागिरि पुगेका हुन्। उनीहरू बुधबार बिहानैसम्मै चन्द्रागिरिमै बस्ने र त्यहीबाट सुनाखतका लागि निर्वाचन आयोग बहादुर भवन पुग्ने बताइएको छ ।