४ असार २०८१, सोमबार
Follow Us

राष्ट्रपति भण्डारी भेट्न माधव नेपाल कि शितलनिवास पुगे ?

नेपालब्रिटेन संवाददाता
७ भाद्र २०७८, सोमबार १२:५६

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । सोमबार शीतल निवासमा मध्यान्ह १२ बजेदेखि दिउँसो २ बजेसम्म बताए भएको नेपालनिकट स्रोतले जनाएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमाले औपचारिक रुपमा विभाजित भइरहँदा त्यसलाई रोक्ने प्रयास स्वरुप राष्ट्रपति भण्डारीले नेता नेपाललाई शीतल निवासमा बोलाएर वार्ता गरेको विश्वास गरिएको छ ।