४ असार २०८१, सोमबार
Follow Us

आइसियूमा अझै ६७९ र भेन्टिलेटरमा १७६ कोरोना संक्रमणका विरामी

नेपालब्रिटेन संवाददाता
७ भाद्र २०७८, सोमबार १२:५७

काठमाडौं । कोरोना संक्रमितको संख्या जति थपिएको छ, त्योभन्दा बढी संक्रमणमुक्त भएर घर जानेको संख्या छ । यद्यपि मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ६ सय ७९ जना र भेन्टिलेटरमा १ सय ७६ जना उपचाररत छन् ।

नेपालमा २४ घन्टाको अवधिमा १ हजार ८०१ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा देशभर ८ हजार ७०४ आरटी पिसिआर र २ हजार ६२२ एन्टिजेन गरी कुल ११ हजार ३२६ जनामा परीक्षण गरिएकोमा १ हजार ८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमितहरूमध्ये ३५ हजार १३२ जना होम आइसोलेसनमा, ३ हजार २१९ संस्थागत आइसोलेसनमा र ३९३ जना क्वारेन्टिनमा रहेका छन् । मन्त्रालयका अनुसार सोमबार देशभरबाट १ हजार ९२४ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ७ लाख ९७ पुगेको छ । निको हुने दर ९३।५ प्रतिशत छ ।

पछिल्लो २४ घन्टाको अवधिमा २४ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या १० हजार ५३३ पुगेको छ ।