४ असार २०८१, सोमबार
Follow Us

लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीलाई विश्वासको मत

नेपालब्रिटेन संवाददाता
७ भाद्र २०७८, सोमबार १२:५८

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलबहादुर केसीले विश्वासको मत पाउनुभएको छ । लुम्बिनी प्रदेश सभामा सोमबार भएको मतदानमा केसीको पक्षमा ४२ मत परेको छ । विपक्षमा कसैले पनि मतदान गर्नुभएन भने एकजना सांसद तटस्थ रहनुभएको छ ।

लुम्बिनी प्रदेश सभा हाल ८० सदस्यीय रहेको छ । केसीको पक्षमा नेपाली कांग्रेसका १९, माओवादीका १९, जसपाका ३, जनमोर्चाका १ सांसदले मुख्यमन्त्रीलाई विश्वासको मत दिनुभएको छ ।

मतदानमा सभामुखबाहेक ४३ सांसदको उपस्थिति थियो । एक जना सांसद भने तटस्थ बस्नुभएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने बैठक बहिष्कार गरेको छ । एमाले संसदीय दलका नेता शंकर पोखरेल नेतृत्वको सरकार अल्पमतमा परेर राजीनामा दिएसँगै केसीको नेतृत्वमा गठबन्धन सरकार बनेको थियो ।