२८ बैशाख २०८१, शुक्रबार
Follow Us

भूकम्प पीडितको रकम राजदूतको खल्तीमा !

नेपालब्रिटेन डट कम्
५ माघ २०७३, बुधबार १०:०१

काठमाडौं – अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कार्कीले भूकम्पपीडितका नाममा उठेको करोडौं रकम नेपाल सरकारलाई बुझाउन आनकानी गरेको समाचार प्राप्त भएको छ ।

गत सालको बैशाख १२ गते महाभूकम्प गएपछि संयुक्त राज्य अमेरिकाको विभिन्न स्थानमा गर्ने नेपाली राहत रकम जुटाउन सक्रिय भएका थिए । त्यसरी नेपाली सक्रिय हुँदा त्यहाँ साठी लाख अमेरिकी डलर अर्थात साठी करोड नेपाली रुपैयाँ बराबर नगद उठेको थियो ।

उठेको रकम मध्धे राजदूत कार्कीले ५२ लाख ३६ हजार अमेरिकी डलर नेपाल सरकारलार्य गट बर्ष नै बुझाईसकेका छन् । तर, उठेको रकममध्ये सात लाख ६४ हजार डलर अहिलेसम्म बुझाएका छैनन् । र नेपाल सरकारले त्यसको खोजी पनि गरेको छैन् ।

अमेरिकामा रहेका नेपालीले ‘बाँकी रकम कहिले बुझाउने’ भनेर जिज्ञासा राख्दा राजदूत कार्की स्पष्ट जवाफ नदिई तर्किने गरेका छन् । पछिल्लो समयमा त जिज्ञासा राख्दा कार्की झर्किनेसमेत गरेका छन् ।
– घटना र विचार साप्ताहिक