२५ पुष २०८२, शुक्रबार
Follow Us

ओली अस्वस्थ

नेपालब्रिटेन डट कम्
१९ भाद्र २०७८, शनिबार ०४:३३

काठमाडौं। प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् ।

पार्टी विभाजनपछि नेता कार्यकर्तासँगको भेटघाट र सक्रियताको धपेडीले अध्यक्ष ओली शुक्रवारदेखि अस्वस्थ भएको उनका प्रेस सहहयोगी रामशरण बजगाईंले जानकारी दिए ।

ओली अहिले बालकोटस्थित निवासमै आराम गरिरहेका छन् । अत्यावश्यक बाहेक सबै भेटघाट बन्द गरिएको बजागाईंले बताए ।

नेकपा एमाले विभाजन गरेर वरिष्ठ नेता माधव नेपालले नेकपा (एकीकृत समाजवादी) गठन गरेपछि ओली सक्रिय भएका थिए ।

धेरै पढिएको