२२ माघ २०८२, बिहीबार
Follow Us

सबै दल मिलेर आए पनि बहुमत ल्याउँछौँ : गगन थापा

नेपालब्रिटेन संवाददाता
१६ आश्विन २०७८, शनिबार ०७:५२

काठमाडौँ । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले आगामी चुनावमा कम्युनिस्ट, मधेसवादी र राप्रपा मिले पनि कांग्रेस एक्लैले बहुमत ल्याउने दाबी गरेका छन् । काठमाडौँ महानगरपालिकाको कांग्रेस अधिवेशन समारोहलाई सम्बोधन गर्दै थापाले आगामी निर्वाचनमा कांग्रेसले कसैसँग चुनावी गठबन्धन नगर्ने स्पष्ट पारे ।

उनले त्यसका लागि केही ध्यान दिनुपर्ने पनि औँल्याए । “कांग्रेस कसैसँग मिलेर चुनावमा जाने होइन । कम्युनिस्ट, मधेसवादी वा राप्रपा कसैसँग मिल्ने होइन,” थापाले भने,“उनीहरु मिले पनि जित्न सक्छौँ । त्यसका लागि हामीले पनि ध्यान दिएर लाग्नुपर्छ ।”

उनले थपे,“कांग्रेस आगामी निर्वाचनमा कोहीसँग तालमेल गर्दैन । एक्लैले बहुमत ल्याउँछ ।” नेता थापाले कांग्रेसमा सुद्धिकरणको आवश्यकता रहेको पनि औँल्याए । अहिलेकै अवस्थामा नेपाली कांग्रेसले देशको नेतृत्व गर्न नसक्ने बताए । अहिलेको अवस्थामा रहे नेपाली कांग्रेसलाई जनताले भरोसा नगर्नेसमेत उनको भनाइ छ ।

धेरै पढिएको