ताजा खबर

एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण भएको छ। ओलीसँगै श्रीमती राधिका शाक्यलाई पनि संक्रमण पुष्टि भएको छ। केही दिनदेखि स्वास्थ्यमा असहजता देखिएपछि ओलीको कोरोना परीक्षण गरिएको थियो।

उनी बालकोटस्थित घरमा नै आराम गरिरहेका छन्। ओलीलाई कोरोना संक्रमण भएपछि एमालेले आज गर्ने भनिएको पत्रकार सम्मेलन पनि स्थगित भएको छ।

About the author
नेपालब्रिटेन डट कम्

नेपालब्रिटेन डट कम्