२२ असार २०८३, सोमबार
Follow Us

भरतपुर महानगर र चार उपमहानगरको नेतृत्वमा माओवादीको दाबी

नेपालब्रिटेन संवाददाता
४ बैशाख २०७९, आईतवार १३:४९

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिका र चार उपमहानगरपालिकाको नेतृत्व आफूले पाउनुपर्ने दाबी गरेको छ । सत्तारुढ गठबन्धनको तयारी र अनुगमन संयन्त्रको बैठकमा माओवादी नेता वर्षमान पुनले तीन वटा महानरपालिका काठमाडौँ, ललितपुर र विराटनगर नेपाली काँग्रेसले लिएर तीन वटा अरू दललाई दिन प्रस्ताव गरेका हुन् ।

भरतपुर माओवादी केन्द्र, वीरगन्ज जनता समाजवादी पार्टी (जसपा) र पोखरा एकीकृत समाजवादीले लिने उनले प्रस्ताव गरेको स्रोतको भनाइ छ । ११ उपमहानगरपालिकामध्ये जितपुर सिमरा, घोराही, धरान र हेटौँडाको नेतृत्व माओवादी केन्द्रले पाउनुपर्ने पुनले बताएका छन् ।

 

पोखरा महानगर र तीन उपमहानगरको नेतृत्व पाउनु पर्ने एकीकृत समाजवादीको दाबी
काठमाडौँ । एकीकृत समाजवादी पार्टीले पोखरा महानगरपालिका र तीन उपमहानगरपालिको प्रमुख आफ्नो दलले पाउनुपर्ने बताएको छ । महानगरपालिकाको नेतृत्व नदिने भए चुनावी तालमेलबारे थप छलफल गर्न नसकिने एकीकृत समाजवादीका नेताहरूले बताएका छन् ।

सत्तारुढ गठबन्धनको तयारी र अनुगमन संयन्त्रको बैठकमा महासचिव बेदुराम भुसाल र विजय पौडेल सहभागी भएका थिए । बैठकमा नेताहरूले पोखरा महानगरको नेतृत्व पाउनुपर्ने दाबी गरे । इटहरी, हेटौँडा र बुटवल वा तुलसीपुरमध्ये एक उपमहानगरपालिकाको नेतृत्व र घोराही, जनकपुर र नेपालगन्जको उपमेयरको उम्मेदवारहरू आफूहरूलाई चाहिने एकीकृत समाजवादीको दाबी छ ।

बैठकमा संयोजक एवं नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अस्वाभाविक दाबी गर्न नहुने र पार्टीको समर्थनको ठुलो पङ्क्ति हुन्छ भन्ने बिर्सन नहुने बताएका थिए । तर एकीकृत समाजवादीका नेताहरूले वृहत् शान्ति सम्झौतापछि शान्ति प्रक्रियामा आएको माओवादीलाई संसदमा ८२ सिट दिएको स्मरण गर्दै आफूहरूको विद्रोहलाई बुझ्न आग्रह गरेका छन् ।

वीरगञ्ज महानगरपालिका र ३ उपमहानगरमा जसपाको दाबी
काठमाडौं । जनता समाजवादीले पार्टी (जसपा) ले सत्ता गठबन्धनको बैठकमा एक महानगरपालिका र तीन उपमहानगरपालिकाको नेतृत्व आफूले पाउनुपर्ने दाबी गरेको छ । आइतबार दिउँसो बसेको सत्ता गठबन्धनको केन्द्रीय संयन्त्रको बैठकमा वीरगंज महानगरपालिका र अरु तीन उपमहानगरपालिकामा दाबी गरेको एक नेताले जानकारी दिए । जसपाले वीरगंजका अलवा धरान, जनकपुरधाम र नेपालगञ्ज उपमहानगरपालिकामा पनि नेतृत्व आफूले पाउनुपर्ने दाबी गरेको छ ।

धेरै पढिएको