ताजा खबर
२२३ स्थानसहित कांग्रेस पहिलो, अग्रता पनि धेरै
काठमाडौं । स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत हालसम्म नेपाली कांग्रेसले २२३ पालिकामा विजयी भएको छ । आज साँझ ७ बजेसम्म सार्वजनिक परिणामअनुसार कांग्रेसले २२३ पालिकामा जितेको छ । जारी मतगणनामा कांग्रेस ९३ पालिकामा अगाडि छ ।
नेकपा (एमाले)ले १४४ स्थानमा विजय हासिल गरेको छ । एमाले ५९ स्थानमा अगाडि छ । नेकपा (माओवादी केन्द्र) ९६ स्थानमा विजयी भएको छ । माओवादी केन्द्र १६ स्थानमा अगाडि छ । जनता समाजवादी पार्टीले १० जीतेकाे छ भने १९ स्थानमा अगाडि छ । नेकपा (एकीकृत समाजवादी) ले ९ स्थानमा विजय हासिल गरेको छ भने १० स्थानमा अगाडि छ ।

