लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषद अन्तरर्गतका महिला पदाधिकारीहरुको बैठक सम्पन्न भएको छ ।
संघको महिला विभागका प्रमुख यासमिन बेगम सैयदको अध्यक्षतामा गत बिहिवार बसेको बैठकमा अगामी कार्ययोजनाको बारेमा व्यापक छलफल भएको थियो ।
बैठकमा संघकी अध्यक्ष रबिना थापाको प्रमुख आतिथ्यतामा भएको बैठकमा सचिब टिका गुरुङ, महिला सहकोषाध्यक्षद्वय यमुना भट्टराई, अमृता कंचन थापा, महिला संयोजकद्वय संगीत मरहट्टा र विमला सापकोटा, क्षेत्रीय संयोजक तथा उपसंयोजक क्रमशः तृष्णा काफ्ले शर्मा (अमेरिका), उषाकिरण बारिया (ओसेनिया) शान्ति अधिकारी (एशिया प्याशिफीक), पारू मल्ल (यूरोप), डाक्टर इन्दिरा तिवारी (साउथ कोरिया), इन्दिरा त्रिपाठी (अमेरिका) समेतको उपस्थिति रहेको थियो ।
बैठकमा बोल्ने बक्ताहरुले नेपालका बालबालिका र महिलाको स्वास्थ्य र शिक्षामा केन्द्रीत रहेर परियोजनामा निमार्ण गर्नु पर्नेमा जोड दिए ।