२ कार्तिक २०८३, आईतवार
Follow Us

मध्यराति डोटीमा भूकम्प : घर भत्किँदा ६ जनाको मृत्यु

नेपालब्रिटेन डट कम्
२३ कार्तिक २०७९, बुधबार ००:०४

धनगढी । डाेटीमा मंगलबार मध्यराति २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्यूडकाे भूकम्पले घर भत्काउँदा ६ जनाको मृत्यु भएको छ । पूर्वीचौकी गाउँपालिका–३ गैरा गाउँ ठक्कर बोहराको घर भत्काउँदा तीन जनाको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले बताए। गाउँपालिका उपाध्यक्षका अनुसार एक महिला र दुई बालबालिकाको शव च्यापिएको अवस्थामा भेटिएको छ।

उनीहरुको सनाखत हुन बाँकी छ। अन्य घाइतेको उद्दार गरिएको अध्यक्ष उपाध्यायले बताए । उद्दारमा नेपाली सेनाकाे टाेली खटिएकाे छ भने थप विवरण आउन बाँकी छ ।

यसअघि राति ९ बजेर ७ मिनेटमा डोटी केन्द्रविन्दू भएर भूकम्पकाे धक्का महशुस गरिएको थियाे।

धेरै पढिएको