२ कार्तिक २०८३, आईतवार
Follow Us

‘जो संसदमा उपस्थित हुँदा संसदकै गरिमा बढ्छ’

नेपालब्रिटेन डट कम्
२३ कार्तिक २०७९, बुधबार ०३:२९

काठमाडौं। पत्रकार विजय कुमारले बुधवार बिहानै आफ्नो ट्वीटर हेण्डलमार्फत ५ जना उम्मेदवारको नाम भन्नुस, जो आगामी संसदमा उपस्थित हुँदा संसदको गरिमा बढछ ? भन्दै सुझाव मागे ।

उनको जिज्ञासामा ट्वीटर प्रयोगकर्ताहरुले आ–आफ्ना विचार राख्दै प्रभावशाली उम्मेदवारहरुको नाम वर्षाएका छन् । ट्वीटर प्रयोगकर्ताको रोजाईमा कांग्रेस नेता गगन थापा अग्रस्थानमा छन् ।

उनीहरुले नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका विश्वप्रकाश शर्मा, एमालेका उम्मेदवार योगेश भट्टराई, डा. सूर्य पाठकलगायत रबि लामिछाने, राजेन्द्र लिङदेल, रामकुमारी झाक्री, प्रदिप पौडेल, रविन्द्र मिश्रको नाम सुझाव दिए ।

कतिपयले व्यांगात्मकशैलीमा माकुने, झले, गोकुले, गच्छेदार र देउवा भन्दै असन्तुष्ट व्यक्त गरेका छन् । प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन आउन ११ दिन बाँकी रहदा बिभिन्न मत सर्वेक्षण तथा प्रक्षेपणहरु आउन सुरु भएका छन् । नेपाल ब्रिटेन डट कमले बुधवार सार्वजनिक गरेको एक प्रक्षेपणमा सत्ता गठबन्धन १०५ सिटसहित अग्रस्थानमा रहेको छ ।

धेरै पढिएको