काठमाडौं । काठमाडौँ । नेपाली काँग्रेसका नेता उमेश श्रेष्ठ आफूलाई स्वतः विजयी घोषणा भएको माग गर्दै निर्वाचन आयोग जाँदै छन् । उनी आज साढे ११ बजे आयोगमा निवेदन दिने र दिउँसो २ बजे पत्रकार सम्मेलन मार्फत उक्त कुराको जानकारी गराउने तयारीमा छन् ।
चितवन जिल्लाको प्रतिनिधि सभा क्षेत्र नं.२ बाट निर्वाचित भएका रवि लामिछानेकाे नेपालको नागरिकता अवैध ठहर भएकाे फैसला आएसंगै श्रेष्ठ आफूलाई स्वतः विजयी घोषणा भएको माग गर्दै निर्वाचन आयोग जाने भएका हुन् ।
निर्वाचन सम्बन्धी कानूनले झूटो विवरण दिएर कायम रहेको उम्मेदवारीका कारण निर्वाचन परिणाममा फरक पर्ने भएमा त्यस्तो उम्मेदवारको निर्वाचन बदर हुने व्यवस्था गरेको छ ।