२५ भाद्र २०८२, बुधबार
Follow Us

२१ सय बिन्दुमा उक्लियो नेप्से

नेपालब्रिटेन संवाददाता
२३ माघ २०७९, सोमबार १३:३१

काठमाडौं । सेयर बजार सोमबार ०.२२ प्रतिशतले वृद्धि भएको छ । नेप्से परिसूचक ४.५७ अंकले बढेर २१००.६५ बिन्दुमा आएर बन्द भएको छ।यसअघि आइतबार १ अर्ब ९३ करोड १७ लाख १९ हजारको सेयर कारोबार बराबरको सेयर कारोबार भएकोमा साेमबार त्यो रकम घटेर १ अर्ब ४७ करोड ४१ लाख ६१ हजार ६६५ रुपैयाँमा सीमित भएको छ।

सोमबार २५९ वटा कम्पनीको कारोबार हुँदा ३९ लाख २२ हजार २१६ कित्ता सेयर किनबेच भएको छ । एनआइसी एसिया बैंकको सर्वाधिक सेयर कारोबार भएको छ। यस बैंकको ६ करोड ४५ लाख बराबर रुपैयाँको कारोबार भएको हो।

सोमबार आदर्श लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ। माहुली लघुवित्तको सेयर मूल्य ५.५१ प्रतिशतले बढेको छ। कारोबारमा आएका १३ वटा उपसूचकमध्ये विकास बैंक, जीवन बिमा, म्युचुअल फण्ड, निर्जीवन बीमा र व्यापार समूहको परिसूचक घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ।

धेरै पढिएको