२५ भाद्र २०८२, बुधबार
Follow Us

आइपिओ जारी गर्दै इङवा हाइड्रोपावर

नेपालब्रिटेन संवाददाता
१४ फाल्गुन २०७९, आईतवार ०४:४९

काठमाडौँ । इङवा हाइड्रोपावरले फागुन २१ गतेदेखि आइपिओ जारी गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आइपिओ बिक्री खुला गर्ने भएको हो।

कम्पनीले स्थानीयलाई जारी पुँजी ६० करोड रुपैयाँको १०५ अर्थात् ६ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्न लागेको बताइएको छ। हाइड्रोपावरले १०० रुपैयाँ अङ्कित मूल्यमा ६ लाख कित्ता सेयर निष्कासन गर्ने भएको छ।

यसमा आयोजना अति प्रभावित क्षेत्र ताप्लेजुङ जिल्लाको सिदिङ्गवा गाउँपालिका वडा नं ३ र पाँचथर जिल्लाको यङपरक गाउँपालिकाको वडा नं २ स्थानीय बासिन्दाहरूका लागि उक्त सेयर जारी गर्न लागेको हो। त्यस्तै, सर्वसाधारणमा निष्कासन हुने १२ लाख कित्तामध्ये १०% अर्थात् १ लाख २० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई छुट्याइएको छ।

स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

यसमा चैत ५ गतेसम्म आवेदन दिन सकिनेछ। यद्यपि, स्थानीयले भने सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा चैत २० गतेसम्म आवेदन दिन पाउनेछन्। तर वैदेशिक रोजगारीमा रहेका नेपालीले भने चैत ५ गतेसम्म आवेदन दिनुपर्नेछ।

रेटिङ एजेन्सी केयर नेपालले इङवा हाइड्रोपावरलाई केयर एनपी डबल बी रेटिङ प्रदान गरेको छ। जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ।

यो आइपीओमा नेपाल एसबिआई क्यापिटल बिक्री प्रबन्धक रहेको छ। स्थानीय बासिन्दाले नेपाल एसबिआई बैङ्क, सिद्धार्थ बैङ्क, लक्ष्मी बैङ्क, सिभिल बैङ्क, सप्तकोसी विकास बैङ्कका तोकिएका तोकेको शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

यता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने नेपाल धितोपत्र बोर्डबाट सी-आस्वा अनुमति प्राप्त बैङ्क तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

धेरै पढिएको