२४ भाद्र २०८२, मंगलवार
Follow Us

मिटरब्याजी श्याम परदेशीलाई धरौटीमा छाड्न आदेश

नेपालब्रिटेन संवाददाता
२१ फाल्गुन २०७९, आईतवार १४:१५

काठमाडौँ । सर्लाहीका कुख्यात मिटरब्याजी श्याम परदेशी भनिने श्यामकृष्ण साहलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्ने विशेष अदालतले आदेश गरेको छ ।

श्रीकान्त पौडेल, शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले आइतबार उक्त आदेश गरेको हो । सम्पत्ति शुद्धीकरण विभागले मुद्दा दर्ता गरेपछि परदेशी अदालतमा हाजिर भएका थिए । त्यसपछि अदालतले थुनछेक आदेश सुनाएको हो ।

विभागले परदेशीविरुद्ध ३ करोड २० लाख ९२ हजार ६ सय ५८ र उनकी श्रीमती मञ्जु देवीविरुद्ध ६५ लाख ६५ हजार ३ सय ५५ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दर्ता गरेको थियो ।

धेरै पढिएको