९ कार्तिक २०८२, आईतवार
Follow Us

बरिष्ठ पत्रकार कबिर राणा अमेरिकामा सम्मानित

नेपालब्रिटेन डट कम्
२३ फाल्गुन २०७९, मंगलवार १६:३५

क्यालिफोर्निया । परदेशमा बस्ने नेपाली हरुको साझा तथा परोपकारी संस्था एनआरएनए नन रेसिडेन्ट नेपाली एसोसिएशनले अमेरिकामा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

क्यालिफोर्नियाको सान माटियो स्थित समिक्षा मः मः मा आयोजित विशेष समारोहमा नेपालका वरिष्ठ पत्रकार तथा समाजसेवी कबिर राणालाई सम्मान गरिएको हो । बिगत तीन दशक देखि पत्रकारिताको माध्यम बाट सामाजिक जागरण मा योगदान गरेको र विभिन्न सामाजिक अभियानमा सक्रिय भएर लागेको भन्दै राणा लाई यो सम्मान प्रदान गरिएको हो ।

“बिगत लामो समय देखि पत्रकारिता तथा सामाजिक सेवाको माध्यम बाट देश र समाजलाई यहाँले पुर्याउनु भएको योगदानको उच्च मूल्यांकन गर्दै बिदेशमा बस्ने नेपाली हरुको साझा संस्था एनआरएनए नन रेसिडेन्ट नेपाली एसोसिएशन क्यालिफोर्निया अमेरिकाको तर्फबाट यो सम्मान पत्र समर्पण गर्दछौं,” एसोसिएशनका अध्यक्ष माधब मरासिनी र महासचिव दिपेश लामा द्वारा हस्ताक्षरित सम्मानपत्रमा उल्लेख गरिएको छ ।

वरिष्ठ पत्रकार राणा अहिले अमेरिकाको अध्ययन भ्रमणको शिलसिलामा क्यालिफोर्नियामा हनुहुन्छ । यसै गरी यस कार्यक्रममा एनआरएनए नन रेसिडेण्ट नेपाली एसोसिएशन क्यालिर्फोनियाले नेपाल स्थित देउराली फाउण्डेशन सँगको सहकार्यमा संचालन गरेको गरिब तथा जेहेन्दार बालबालिकाको शिक्षाका लागि फण्ड रेज अभियान’ मा सहयोग पुर्याउने स्थानिय समाजसेवी हरु अनिल पाण्डे , संगीता पोखरेल र पार्वती बम्जन लाई धन्यबाद पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा सबैले एनआरएनए नन रेसिडेण्ट नेपाली एसोसिएशनका सामाजिक कामहरुको प्रसंसा गर्दै सकेको सहयोग गर्ने प्रतिबद्दता ब्यक्त गर्नु भएको थियो । छोटो समयमा गरिएको निम्तोलाई स्वीकार गरी कार्यक्रममा उपस्थित हुनु भएकोमा समाजसेवीहरु सोनाम मोक्तान, अमोद कटवाल, सुमन आचार्य, पदम लामा, आरुष राणा, अन्जु खड़का राणा, कञ्चन राणा,सहजमान श्रेष्ठ, शिव नेपाल संगीता पोखरेल, दिलिप आर्चाय, क्रान्ती अर्याल भण्डारी, सन्तोष गिरी, आशिस कार्की, सुरेश तिवारी,अनिता दाहाल, र्सिजना पाण्डे, राज प्रकाश भण्डारी, अमोद पोखरेल, अनिल पाण्डे , दिनेश बस्नेत लगायत उपस्थित सबैलाई एसोसिएशनका अध्यक्ष मरासिनीले धन्यबाद ज्ञापन गर्नु भएको थियो।

धेरै पढिएको