१४ भाद्र २०८३, आईतवार
Follow Us

लण्डनमा आयोजित हेल्दी सिटी समिट सकेर फर्किए बालेन शाह

नेपालब्रिटेन संवाददाता
३ चैत्र २०७९, शुक्रबार १४:०६

लण्डन । लण्डनमा आयोजित तीन दिने तीन दिने ‘पार्टनरसिप फर अ हेल्दी सिटी समिट’ सकेर काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह नेपाल फर्किएका छन् ।

विश्वका ७० भन्दा बढी देशका सिटीको प्रतिनिधि रहेको सो सम्मेलनमा शाहले काठमाण्डौं महानगरपालिको नेतृत्व लिए पछिको अनुभव साटेका थिए ।

मेयर शाहसँगै स्वास्थ्य सल्लाहकार डा जगदिश अग्रवाल, वडा २४ का अध्यक्ष बिनोद राजभण्डारी र स्वकीय सचिव भुपदेव शाह भ्रमणमा सामेल थिए । उनी शुक्रवार ब्रिटिश एयरवेज मार्फत नेपाल फर्किका हुन् ।

स्वस्थ शहरहरूको लागि साझेदारी मार्फत, विश्वभरका स्थानीय नेताहरूले लाखौं मानिसहरूको स्वास्थ्य र सुरक्षामा सुधार गर्ने नीतिहरू निमार्ण गर्ने सो सम्मेलन नेपालका लागि निकै फलदायी भएको बालेका स्वकीय सचिव शाहले जानकारी दिए ।

 

धेरै पढिएको