४३ लाखको कम्पनी छोडेर ५६ लाखमा जडान गर्ने तयारी
लण्डन् । गैरआवासीय नेपाली संघले सचिवालयमा लिफ्ट जडान गर्नका लागि मंगलबारको दिन गैरआवासीय नेपाली संघ र कन्टिनेन्टल ट्रेडिंग इन्टरप्राईजेज प्रालिबीच एक सम्झौता पत्र हस्ताक्षर भएको छ ।
गैरआवासीय नेपाली संघको उच्चस्रोतका अनुसार लिफ्ट जडान सम्झौता गर्न सचिवालय र पदाधिकारीबीच लामो समय देखि खिचातानी थियो ।
उक्त सम्झौता पत्रमा हस्तक्षर संघका तर्फबाट कार्यकारी अध्यक्ष रबिना थापा तथा प्रमुख कार्यकारी अधिकृत रबि किरण अधिकारी तथा कन्टिनेन्टलका तर्फबाट सेल्स म्यानेजर शरण लामिछाने तथा वरिष्ठ सेल्स अधिकृत नितेन्द्र सिंहले हस्ताक्षेर गरेका छन् । स्रोतका अनुसार सर्वजनिक खरिद ऐन अन्तरर्गत कम मुल्यांकनमा काम गर्ने कम्पनीलाई सो जिम्मेवारी दिनुको सट्टा बढी लागत प्रस्ताव गरेको कम्पनीसंग सम्झौता गरिएको हो ।
उक्त सम्झौताअनुसार संघको भवनमा आगामी ५ महिना भित्र लिफ्ट जडान भईसक्ने बताएको छ । सो लिफ्ट जाडनको लागि नेपाल लिफ्ट कम्पनीले ४३ लाख ७० हजारको टेण्डर हालेको थियो भने कन्टिनेन्टल ट्रेडिंग इन्टरप्राईजेज ५६ लाख ५० को टेण्डर हालेको थियो ।
संघका प्रमुख कार्यकारी अधिकृत रवि किरण अधिकारीले लिफ्ट जडान भएपछि सबै प्रकारका व्यक्तिहरुलाई सचिवालय आउन सहज हुने बताएका छन् ।
कन्टिनेन्टल ट्रेडिंग इन्टरप्राईजेज प्रालिका प्रतिनिधिहरुले काम गर्ने मौका दिनु भएकोमा धन्यवाद प्रकट गरेको छ ।