२४ भाद्र २०८२, मंगलवार
Follow Us

उत्तराखण्डः केदारनाथ, बद्रीनाथमा भारी हिमपात

नेपालब्रिटेन संवाददाता
१९ चैत्र २०७९, आईतवार ०५:३८

भारतको उत्तराखण्डमा शुक्रबार बिहानैदेखि पहाडी क्षेत्रमा हिमपात भएको छ भने मैदानी क्षेत्रमा पानी परिरहेको छ । केदारनाथ धाममा भारी हिमपातका कारण केदारनाथ धार्मिक यात्राको तयारी पनि प्रभावित भएको छ । यसैबीच उक्त स्थानमा भइरहेको पूर्वाधार निर्माण कार्य केही समयका लागि रोकिएको छ ।

धार्मिक यात्रा २५ अप्रिलबाट शुरु हुने बताइएको छ । साथै उत्तराखण्डका थुप्रै मैदानी इलाकामा पनि पानी परिरहेको बताइएको छ । प्रशासनले राज्यमा सावधानीका साथै उद्धार कार्य पनि जारि राखेको छ । मौसममा बदली भएसँगै बद्रीनाथ धाममा पनि हिमपात शुरु भएको छ । बद्रीनाथ मन्दिरको द्वार २७ अप्रिलदेखि खोलिनेछ ।

बारम्बारको खराब मौसम र कडा चिसोका कारण यात्रा तयारी र गुरुयोजनाको काम प्रभावित भएको अधिकारीहरूले बताएका छन् । वर्षात् हिमपातबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

धेरै पढिएको