२३ भाद्र २०८२, सोमबार
Follow Us

काँग्रेसले लगायो मन्त्रीको टुङ्गो

नेपालब्रिटेन संवाददाता
२९ चैत्र २०७९, बुधबार १४:४२

काठमाडौँ । नेपाली काँग्रेसले मन्त्री बन्नेहरूको नाम टुङ्ग्याएको छ । काँग्रेसले ८ वटा मन्त्रालय लिने सहमति अनुसार आन्तरिक भागवण्डा नमिलेपछि काँग्रेसले १७ चैतमा ४ जना मात्र मन्त्री पठाएको थियो ।

अब उपसभापति धनराज गुरुङ, नेताहरू एनपी साउद, मोहन बस्नेत, डिगबहादुर लिम्बु र सुरेन्द्र आचार्य मन्त्री हुनेछन् । साउद र बस्नेत संस्थापन समूहका हुन् । साउद परराष्ट्र मन्त्री बन्ने सम्भावना छ भने बस्नेतले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री दाबी गर्दै आएका छन् ।

धेरै पढिएको