२३ भाद्र २०८२, सोमबार
Follow Us

मन्त्रिपरिषद् बैठक बस्दै, केही सचिवको सरुवा हुन सक्ने

नेपालब्रिटेन संवाददाता
५ बैशाख २०८०, मंगलवार ०५:३३

काठमाडौँ । आज मन्त्रिपरिषद् बैठक बस्दै छ । बैठक अपराह्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बस्ने भएको हो ।

आजको बैठकमा मन्त्रालयका नियमित प्रस्तावहरूमा छलफल तथा निर्णयसँगै केही मन्त्रालयका सचिवहरूको सरुवा हुन सक्ने उच्च स्रोतले जानकारी दिएको छ ।

हाल एक वरिष्ठ सचिव अतिरिक्तमा छन् भने दुई प्रदेशमा प्रदेश प्रमुख सचिव पद रिक्त रहेको छ । यससँगै अघिल्लो सरकारले ल्याएका केही सचिव नयाँ सरकार बनेसँगै परिवर्तन गर्ने तयारी गरिँदै आइएको थियो ।

धेरै पढिएको