२२ भाद्र २०८२, आईतवार
Follow Us

चेक रिपब्लिकमा १५ औं युरोपियन क्षेत्रीय बैठकका लागि व्यवस्थापन कार्यदल गठन

नेपालब्रिटेन डट कम्
१९ बैशाख २०८०, मंगलवार १२:२७

लन्डन । चेक रिपब्लिकमा आयोजना हुने १५ औं युरोपियन क्षेत्रीय बैठकका लागि विभिन्न कार्यदल गठन भएका छन् । हिजो बसेको एनसीसी चेकको बैठकले युरोपियन क्षेत्रीय बैठक मुल आयोजक समिति सदस्य-सचिब तथा एनसीसी चेकका अध्यक्ष यदुराम पन्थी र युरोपियन क्षेत्रीय बैठक कमिटीका सदस्य-सचिब तथा आइसीसी सदस्य चिरन्जीवी खड्का स‌याेजक रहने गरी उक्त समितिहरु निर्माण गरेको हो।

बैठकले एनसीसी, युवा, महिला सेसन व्यवस्थापन, सांस्कृतिक कार्यक्रम ब्यबस्थापन, सोभियनर तयारी, दर्ता, सहयोगी डेक्स, हल सपोर्ट, स्वागत, खानपान, मिडिया कमिटीलगायतका समितिलगायत का समिती हरु निर्माण गरेको छ ।

कार्यक्रमको लागि आवश्यक सामाग्रीहरु प्रकाशन, साउन्ड सिस्टमलगायत प्राविधिक ब्यबस्थापनको जिम्मा आइसीसी सदस्य डा खड्का, अध्यक्ष यदुराम पन्थी, पूर्व आइसीसी सदस्य छत्र अधिकारी, आइएनएसी चेकका आइसीसी सदस्य बैकुण्ठ रायमाझी तथा सस्थाका प्रबक्ता उत्तमकुमार आचार्यलाई दिएको छ । उनीहरुलाई कार्यक्रममा अतिथि स्वागत र यातायातको लागि सन्तोष भट्टराई र चिन्ता मणि सापकोटासंगै सस्थाका पूर्ब उपाध्यक्ष तथा बर्तमान सल्लाहाकार चित्र रायमाझी, पूर्वअध्यक्ष अर्जुन सापकोटा र सल्लहकार उत्सव गौतम, सन्दिप आचार्य, सञ्जय अधिकारी, पान्डव अधिकारी, शिव खराल, जीवन केसी, बुद्ध मोक्तान लगायतले सहयोग गर्ने छन् ।

महिला सेसनमा उपाध्यक्ष्य अन्जिला सिंह छेत्रीको संयोजकत्वमा महिला उपाध्यक्ष्य आर्जना खड्का, महिला संयोजक पवित्रा थापा मगरलगायत महिला सचिब शोभा कोइराला र शोनी डाङी तथा युथ सेसनको व्यवस्थापनमा युवा संयोजक सुजन देवकाेटा र युथ उपाध्यक्षा राम्बो जिसीले सहयोग गर्ने भएका छन् ।

सांस्कृतिक कार्यक्रम ब्यबस्थापन आइसीसी सदस्य बैकुण्ठ रायमाझीको नेतृत्व इनास जर्मनीका बरिष्ठ सल्लाहकार तथा एनआरएनए जर्मनीका सल्लाहकार खड्क न्यौपाने सहितको सहयोगमा महासचिबसँग सचिब अर्जुन जैसी र सुजन तिमील्सिनाले ब्यबस्थापन गर्ने जिम्मा पाएका छन् ।

नेपालबाट सोभियनर तयारीमा सहयोग गरिरहेका महेश श्रेष्ठ र रमेश काफ्लेसँगको संयोजनमा चेकबाट आइसीसी सदस्य डा चिरन्जीवी खड्का र कोषध्यक्ष सुजन तिम्सिनाले सहयोग गर्ने भएका छन ।

दर्ता र हेल्प डेक्स तथा आइटी व्यवस्थापनको काम गिरी कंडेल, अनिल लामा, बिष्णु बहादुर रायमाझी, अर्जुन जैसी, महेश श्रेष्ठ शसी श्रेष्ठ, सुजन तिम्सिना र नविन न्यौपानेको मुख्य जिम्मा सुशील सुबेदी, बिबश धिताल, बासु पन्त, दिनेश भण्डारी, सुनिल आचार्य, भेशम राज पराजुली, डा. उद्धव चौलागाईं, कृष्ण अधिकारी, रिजा उपाध्याय, इना कुमारी अधिकारी, लक्ष्मी अधिकारी र शन्तु प्रशाद अर्याल लगायत लाई दिइएको छ ।

दर्ता र सुरक्षामा`डा बोध राज सुबेदी र डा कृष्ण सापकोटाले सहयाेग गर्ने छन । खाना व्यवस्थापनको जिम्मा छत्र अधिकारी, अर्जुन सापकोटा र उत्तम आचार्यले लिएका छन । त्यस्तै प्रबक्ता आचार्यले मिडिया कमिटीको सयोजनमा समाचारमा सघाउने छन । कार्यक्रम को लाईभ प्रशारण तथा रेकडमामहेश श्रेष्ठ, शशी श्रेष्ठ, गिरी कंडेल र अर्जुन जैसी ले सघाउने छन । फाेटाेको जिम्मा उपिन्द्र भुसाललाई दिइएकाे छ ।

बैठकमा युरोप क्षेत्रका संयोजकसंगै युवा सम्योजक रमेश काफ्ले, यूरोप क्षेत्र का युवा सम्योजक रबिन्द्र खड्का, आइटी शशी श्रेष्ठलगायत अतिथीहरुको उपस्थिति रहेछ ।

धेरै पढिएको