३ असार २०८३, बुधबार
Follow Us

लन्डनमा गितार कक्षा संचालन हुने

नेपालब्रिटेन डट कम्
१४ चैत्र २०७३, सोमबार ०७:३२

जगन कार्की । लन्डन ।लण्डनको साउथ ह्यारो स्थित एक्प्रेस स्टुडियोले संगीतमा रुचि राख्ने बालबालिकाहरुका लागि हरेक आइतबार गितारको कक्षा संचालन गर्ने भएको छ ।
बेलायतस्थित लोकप्रिय नाम्लो ब्याण्डका गिटारिस्ट तथा गायक गंगा थापाबाट गितार कक्षा सञ्चालन गर्न लागिएको हो ।
गायक थापाले संस्कृति तथा संगीतसम्बन्धी अध्ययनका लागि बेलायतकै प्रतिष्ठित मानिने विद्यालय सोआसमा संगीतको अध्ययन गरेका छन् ।
यो कक्षामा विशेष गरी ग्रेड १ देखि ८ सम्मका बालबालिकाहरुलाई लक्षित गरेर कोर्स तयार गरिएको छ । तर अन्य उमेरका तथा गितार बजाउने र गितार वादनसम्बन्धी अधिकारिक सर्टिफिकेट लिन चाहनेहरुले पनि तालिममा भाग लिन सक्ने स्टुडियोका बजार व्यवस्थापक जगन कार्कीले बताएका छन् ।
संगीतलाइ नै आफ्नो भविष्य बनाउन चाहने बालबालिकाहरुलाई यो कक्षा निकै लाभदायक हुने कक्षाको संचालनमा सहजकर्ता एक्सप्रेस स्टुडियोका कला संयोजक दिनेश परियारले बताए ।

नेपालीभाषी तथा तालिम दिनका लागि यहाँको अधिकारिक सांगीतिक विश्वविद्यालयबाट संगीत शिक्षकको योग्यता हासिल गरेका योग्य प्रशिक्षकले तालिमे दिने भएको हुँदा भाषा र सांकृतिक हिसाबले पनि तालिम थप प्रभावकारी हुने विश्वास गरिएको छ ।

३ महिनाको यो कोर्स सकिएपछि यहाको अधिकारिक संगीत बोर्डमा परीक्षा तयारी गर्ने सर्टिफिकेटदेखि सम्पूर्ण संगीतको शिक्षाको लागि लन्डन स्कुल अफ म्युजिकमा भर्ना हुन सक्ने सहज वातावरणसम्मका लागि यो कक्षाबाट सहयोग हुने स्टुडियोका निर्देशक बिरेन्द्र श्रेष्ठले बताए ।

कक्षाबारे थप जानकारीको लागि [email protected] मा इमेल तथा 07531354661 र मा फोन सम्पर्क गर्न सकिनेछ ।

धेरै पढिएको

slot gacor