काठमाडौं । सङ्खुवासभा भूकम्पको धक्का महसुस गरिएको छ । आज बिहान ७ बजेर ३२ मिनेटमा संखुवासभाको तिब्बत सीमावर्ती क्षेत्र किमाथांकालाई केन्द्रबिन्दु बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको धक्का संखुवासभा लगायत आसपासका जिल्लाहरूमा समेत महसुस गरिएको थियो । भूकम्पबाट हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको खबर प्राप्त भएको छैन । स्थानीय प्रशासनले सबै विवरण लिइरहेको र जनजीवन सामान्य रहेको जनाएको छ।
बिहानको समयमा भूकम्प गएकाले केही समय सर्वसाधारणमा त्रास फैलिए पनि अहिले अवस्था सामान्य भइसकेको छ । विशेषज्ञहरूका अनुसार नेपाल भूकम्पीय जोखिमको उच्च क्षेत्रमा पर्ने भएकाले यस्ता धक्काहरू महसुस हुनु सामान्य हो । यद्यपि, सचेतना अपनाउन र विपद्का लागि तयारी अवस्थामा रहन विज्ञहरूले सुझाव दिएका छन् ।