२० भाद्र २०८२, शुक्रबार
Follow Us

ललिता निवास प्रकरणमा पक्राउ परेका तीन कर्मचारी छुटे

नेपालब्रिटेन संवाददाता
१२ असार २०८०, मंगलवार १५:०९

काठमाडौँ । ललिता निवास प्रकरणमा अदालतबाट ‘स्टे अर्डर’ लिएका तीन जना कर्मचारीलाई केन्द्रीय अनुसन्धान ब्युरोले कागज गराएर छाडेको छ। मंगलबार समातिएका सात जनामध्ये तीन जना कर्मचारीले सर्वोच्च अदालतबाट पक्राउ नगर्न ‘स्टे अर्डर लिएको खुलेको थियो।

‘स्टे-अर्डर’ लिनेमा मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारीहरू सुरेन्द्रमान कपाली र भूपेन्द्रमणि केसी रहेको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरोले मंगलबार ७ जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयोगका आयुक्त सुधीरकुमार शाह, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारीहरू धर्मप्रसाद गौतम, सुरेन्द्रमान कपाली, भूपेन्द्रमणि केसी र गोपाल कार्की छन्।

धेरै पढिएको