२० भाद्र २०८२, शुक्रबार
Follow Us

यौन दुर्व्यवहार आरोपमा एकजना पक्राउ

नेपालब्रिटेन संवाददाता
२९ असार २०८०, शुक्रबार ०६:२५

बारा । निजगढ नगरपालिका- २ सिंगौलमा यौन दुर्व्यवहार आरोपमा एक युवक पक्राउ परेका छन् ।प्रहरीले बाल यौन दुर्व्ययहार गरेको आरोपमा निजगढ नगरपालिका-२ सिंगौलका मनोज राईलाई पक्राउ गरेको हो ।

गत असार २५ गते राईले १३ वर्षीया बालिकालाई यौन दुर्व्ययहार गरेको आरोप छ । उनले सोमबार पसलमा रहेकी बालिकालाई यौन दुर्व्यवहार गरेको भन्दै प्रहरीमा निवेदन परेको थियो । घटनामाथि थप अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालयले बताएको छ ।

धेरै पढिएको