२८ आश्विन २०८२, मंगलवार
Follow Us

कोशीमा उद्धव थापा मुख्यमन्त्री नियुक्त

नेपालब्रिटेन संवाददाता
१६ श्रावण २०८०, मंगलवार १४:३३

काठमाडौँ । कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेपाली काँग्रेसका उद्धव थापा नियुक्त भएका छन्।

सभामुखको हस्ताक्षर प्रयोग गरी सरकार गठन गरेको कारण २२ दिनमै मुख्यमन्त्रीबाट बर्खास्त भएका थापालाई प्रदेश प्रमुख परशुराम खापुङले मङ्गलवार दोस्रो पटक मुख्यमन्त्री नियुक्त गरेका हुन्।

यसअघि थापाले संविधानको १६८ को उपधारा २ अनुसार काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थनमा मुख्यमन्त्री दाबी गरेका थिए। थापालाई मुख्यमन्त्री बनाउन काँग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका १ सांसदले समर्थन गरेका छन्।

धेरै पढिएको