१७ भाद्र २०८२, मंगलवार
Follow Us

परराष्ट्र मन्त्री साउद र एनआरएनए अध्यक्ष डा. केसीबीच भेट

नेपालब्रिटेन डट कम्
११ कार्तिक २०८०, शनिबार ११:०८

लण्डन । परराष्ट्र मन्त्री एनपी साउद र गैरआवासीय नेपाली संघको प्रतिनिधिमण्डलबीच छलफल भएको छ ।

गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा शनिवार विहान मन्त्री साउद निवास पुगेको प्रतिनिधिमण्डलले गैरआवासीय नेपाली संघको ११ औं महाधिवेसन पछि उत्पन्न परिस्थिती बारे मन्त्रीलाई जानकारी गराएको थियो ।

भेटमा मन्त्री साउदले गैरआवासीय नेपाली संघको हालै सम्पन्न निर्वाचनको मत परिणामलाई आफुले सकारात्मक रुपमा लिएको बताएका थिए ।

उनले आफु लामो समय देखि लोकतन्त्रको लागि लडेको व्यक्ति भएको कारणलेपनि लोकतान्त्रिक प्रकृयाको विरुद्ध नजाने प्रतिबद्धता जनाए ।

मन्त्री साउदले गैरआवासीय नेपाली संघको अभियान जुन उदेश्यले स्थापाना भएकोे थियो त्यही अनुरुप अघि बढ्न नसकेको भन्दै गुनासो गरे ।

भेटमा गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले निर्वाचनमा आएका असन्तुष्टीहरुलाई आफुले सम्बोधन गरेर अघि बढ्न तयार रहेको बताए।

डा. केसीले संघको निर्वाचनमा धाँधली भयो भनेर बाहिर हल्ला गरिए जस्तो अनियमितता नभएको जानकारी दिदैं निर्वाचन प्रकृयासंग जोडिएका सबै कागजातहरु समेत हस्तान्तरण गरेका थिए ।

मन्त्री साउदले परराष्ट्र मन्त्रालय प्रचलित कानून र नियमअनुरुप अघि बढ्ने भएको हुदाँ नवनिर्वाचित कार्यसमितिलाई विधान अनुरुप संस्था संचालन गर्न सुझाव दिए ।

मन्त्रीसंगको भेटमा गैरआवासीय नेपाली संघका संस्थापक भिम उदास लगायत संघका १ दर्जन पदाधिकारीहरुको सहभागीता थियो ।

धेरै पढिएको