फेक इमेल र डोमेनको विगविगी, एनआरएनएद्धारा आपत्ति
लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) को गत अक्टोवरमा महिनामा सम्पन्न निर्वाचनमा उपबिजेता समूहले छुट्टै डोमन तथा होस्टीङ संचालनमा ल्याएर भ्रम सृजना गरेको भन्दै गैरआवासीय नेपाली संघले आपत्ति प्रकट गरेको छ ।
पराजित समूहले www.nrnanp.org नामको नक्कली डोमेन संचालन गरेर संघका सदस्यहरुलाई पत्राचार गरे पछि संघले त्यस्ता इमेल र वेवसाइटप्रति सचेत रहन आग्रह गरेको हो ।
संघका प्रवक्ता फणिन्द्र पन्तले विहिवार एक विज्ञप्ति जारी गर्दै गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्को डोमेन (nrna.org
विज्ञप्तिमा संघको केन्द्रीय कार्यालयबाट प्रदान गरिएका इमेलमा प्राप्त हुने सूचनाहरु मात्र संस्थागत र आधिकारिक हुने जनाएको छ । सो समूहले संघको केन्द्रीय कार्यालयसंग मिल्दोजुल्दो फेसबुक, इमेल ठेगाना समेत संचालनमा ल्याएको छ ।
संघले विगत केही समयदेखि गैरआवासीय नेपाली संघसँग मिल्दाजुल्दा फेसबुक पेज तथा समूह सञ्चालन गर्ने तथा गैरआवासीय नेपाली संघको लोगो, लेटरप्याड लगायतका सामग्रीहरु कानुनविपरीत दुरुपयोग गर्दै आएको प्रति संघ सचेत रहेको छ । र, त्यस्ता गतिविधिहरुलाई प्रचलित कानूनबमोजिम कारवाही प्रकृयामा अघि बढाइने जनाएको छ ।
सो समूहले संचालनमा ल्याएका फर्जी इमेलहरु contactnrna@gmail.com, president@nrnanp.org, general.secretary@nrnanp.org, contactnrna@gmail.com रहेका छन् ।
विज्ञप्तिमा पूर्णपाठ
गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्को डोमेन (nrna.org
गैरआवासीय नेपाली संघको आधिकारिक वेबसाइट
गैरआवासीय नेपाली संघका पदाधिकारीहरुले आन्तरिक रुपमा इमेल पठाउँदा जीमेल, हटमेल, याहु वा कुनै व्यक्ति र कम्पनीको इमलेबाट प्राप्त हुने सूचनाहरु मान्य नहुने जानकारी गराइन्छ ।
विगत केही समयदेखि गैरआवासीय नेपाली संघसँग मिल्दाजुल्दा फेसबुक पेज तथा समूह सञ्चालन गर्ने तथा गैरआवासीय नेपाली संघको लोगो, लेटरप्याड लगायतका सामग्रीहरु कानुनविपरीत दुरुपयोग गर्दै आएको प्रति संघ सचेत रहेको छ । र, त्यस्ता गतिविधिहरुलाई प्रचलित कानूनबमोजिम कारवाही प्रकृयामा अघि बढाइने समेत अवगत गराइन्छ ।
अतः संघको बारेमा अधिकारिक सूचना चाहिएमा वा विस्तृत जानकारीको लागि info@nrna.org
फणिन्द्र पन्त
प्रवक्ता, गैरआवासीय नेपाली संघ
२८ डिसेम्बर २०२३

