२० भाद्र २०८२, शुक्रबार
Follow Us

‘बेहुली फ्रम मेघौली’ मा निश्चल र स्वस्तिमा निश्चित

नेपालब्रिटेन संवाददाता
२३ पुष २०८०, सोमबार ०६:४३

निर्देशक तथा कलाकार निश्चल बस्नेत र नायिका स्वस्तिमा खड्का आकाश बरालको फिल्म ‘बेहुली फ्रम मेघौली’ निश्चित भएका छन् । दिमाग खराब’ लेखक आकाश बरालको डेब्यु निर्देशन रहने फिल्मको कथा बराल स्वंयको रहेको छ ।

फिल्म लेखन/निर्देशनका लागि बरालले सजन काफ्लेसँग सहकार्य गर्नेछन् । फिल्मको कथा रोमान्टिक ड्रामा हुनेछ ।चैतबाट छायाँकनमा जाने बताइएको फिल्मको लागि हाल चितवनमा लोकसन हेर्ने काम भइरहेको छ ।सिनेमा ब्ल्याक हर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण हुनेछ ।

फिल्ममा निश्चल र स्वस्तिमाको प्रमूख भूमिका हुनेछ । हाल यी दुई कलाकारमात्र तय भएका छन् भने बाँकी कलाकार तथा प्राविधिक छनौटका चरणमा रहेका छन् । हाललाई फिल्मको वर्किङ टाइटल ‘बेहुली फ्रम मेघौली’ राखिएको छ ।

धेरै पढिएको