काठमाडौँ । एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच राष्ट्रिय सभा निर्वाचनमा तालमेल गर्ने सहमति भएको छ ।
दुई दलबीच सोमबार कोशी प्रदेशमा चुनावी तालमेल गर्ने लिखित सहमति भएको हो । सहमति पत्रमा एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा र राप्रपा कोशीका अध्यक्ष रामकुमार थापाले हस्ताक्षर गरेका छन् ।
सहमतिअनुसार एमालेले अन्य तर्फका उम्मेदवार परशुराम अधिकारीलाई पछि हटाएर राप्रपाका उद्धव पौडेललाई मतदान गर्ने भएको छ । यस्तै राप्रपाले महिलातर्फ एमालेकी रुक्मिणी कोइरालालाई मत दिने छ ।