१९ भाद्र २०८२, बिहीबार
Follow Us

परिस्थितिले हिंसात्मक रुप लिए तपाईंले नै जिम्मेवारी लिनुपर्छ: मेयर बालेन

नेपालब्रिटेन संवाददाता
६ श्रावण २०८१, आईतवार १४:२७

काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोडमा गरिरहेको फुटपाथ विस्तारको विरोधमा स्थानीयको नाममा आइतबार एक विज्ञप्ति जारी भएको छ ।

वडा नम्बर २२, २३ र २४ का स्थानीय जनताको नाममा जारी विज्ञप्तिमा आफूहरुले फुटपाथ विस्तारविरुद्ध शान्तिपूर्ण विरोधका कार्यक्रम गरिरहेपनि नगरप्रहरी र अन्य व्यक्तिहरुले धाकधम्की दिने र आतंक सिर्जना गरेर परिस्थितिलाई जबरजस्ती हिसात्मक बनाउने कोशिस गरिरहेको आरोप लगाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘ हाम्रो बिरोधका कार्यक्रमहरुमा तपाईंले खटाउनु भएका नगर प्रहरी र अन्य ब्यक्तिहरुले आफ्नो बैधानिक अधिकार, अनुशासन र कार्य क्षेत्र नाघेर बिभिन्न हतियार बोकेर स्थानीयहरुलाई धाक धम्की दिने तथा आतंक सिर्जना गरी परिस्थितिलाई जबरजस्ती हिंसात्मक बनाउने कोशिस पनि गरिरहेकोले त्यस्ता क्रियाकलाप तुरुन्त बन्द गर्न पनि अनुरोध गर्न चाहन्छौं ।

नगर प्रहरी र तपाईंका त्यस्ता प्रतिनिधिहरुको यस्तै गैर जिम्मेवारपूर्ण हर्कतहरुका कारण हाम्रो चाहना बिपरित परिस्थितिले हिंसात्मक रुप लियो भने यसको सम्पूर्ण जिम्मेवारी तपाईकै हुने पनि विनम्र अनुरोध गर्न चाहन्छौं ।’ यसैबीच फुटपाथ विस्तारविरुद्ध वडा नम्बर २२ का अध्यक्ष चीनकाजी महर्जनले विरोध गर्दै सडकबाटै कामकाज सुरु गरेका छन ।

धेरै पढिएको