मुख्य समाचार

बागमतीको मुख्यमन्त्रीमा लामा नियुक्त

काठमाडौँ । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा (तामाङ) नियुक्त भएका छन् ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ (२) अनुसार मंगलबार लामालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

लामाले आजै काँग्रेसका ३७ र नेकपा एमालेका २७ सांसदको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । प्रदेश प्रमुख शर्माले आज मंगलबार ५ बजेभित्र संविधानको धारा १६८ (२) अनुसार बहुमतको सरकार गठनका लागि आइतबार आह्वान गरेका थिए ।

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता