काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपत्यकामा रहेका नेताकार्यकर्ता पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा भेला भएका छन् ।
सभापति रवि लामिछानेलाई कार्यालयबाटै पक्राउ गर्ने तयारी भएको हल्लासँगै रास्वपाले उपत्यकामा रहेका नेता कार्यकर्तालाई केन्द्रीय कार्यालयमा भेला हुन भनेको थियो ।
रास्वपाका बागमती प्रदेश समितिका सभापति अच्युतम लामिछानेले कार्यकर्तालाई तत्काल कार्यालयमा आउन निर्देशनात्मक म्यासेज पठाएका थिए ।
आइतबारै गोरखा मिडिया नेटवर्क प्रालिका तत्कालीन सञ्चालक नेपाल प्रहरीका पूर्वडिआईजी छविलाल जोशीलाई प्रहरीले पक्राउ गरेको थियो ।
जोशी पक्राउ परेको केही समयमै लामिछाने कार्यालय गएको थियो । श्रोतका अनुसार उनलाई दिउँसैदेखि सादा पोशाकका प्रहरीले पिछा गरिरहेका थिए । रास्वपाको कार्यालय वरपर सादा पोशाकका प्रहरी परिचालन गरिएको श्रोतले जनाएको छ ।