२८ आश्विन २०८२, मंगलवार
Follow Us

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन फेरि स्थगित

नेपालब्रिटेन संवाददाता
२० मंसिर २०८१, बिहीबार १२:३५

काठमाडौँ । नेकपा माओवादी केन्द्र अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन स्थगित गरेको छ। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको पदाधिकारी बैठक २३ र २४ गते हुने भनिएको सम्मेलन अनिश्चितकालको लागि स्थगित गर्ने निर्णय गरेको हो।

असोज १०-१५ सम्म भएको सम्मेलनमा उमेर हदको विवादले उग्र रूप लिएपछि मंसिर २३ र २४ गतेसम्मलाई तोकिएको थियो। निर्वाचन आयोगले सम्मेलनका प्रतिनिधिहरूको छानबिन गरिसकेपछि मात्रै अर्को मिति तोक्ने निर्णय भएको सचिव दिनानाथ शर्माले बताए।

उनले भने, ‘२३ गतेसम्म प्रतिनिधिहरूको छानबिन गरेर नसकिने भएकाले इन्चार्ज र विद्यार्थी प्रतिनिधिहरू बसेर सबै जिल्लाको प्रतिनिधिहरूको टुङ्ग्याउँछन्। जिल्लामा पार्टीका प्रतिनिधिहरूसँग छलफल गरेर यकिन गरेर मात्रै मिति तोक्छ। प्रतिनिधिको विषयमा नटुङ्ग्याई अर्को मिति तोक्दा फेरि त्यही समस्या आउँछ। प्रतिनिधिको फाइनल गरे लगत्तै मिति तोकिन्छ।’

धेरै पढिएको